Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति : महरा


0
Shares

बिहीबार दाङमा मतदातालाई धन्यवाद दिनेक्रममा घरदैलो कार्यक्रममा महराले पार्टी एकता हुनेमा निश्चिन्त हुन आग्रह गर्दै एकता सम्मानजनक हुने बताए ।

‘पार्टी एकता सम्मानजनक हुन्छ, सम्मानजनक पार्टी एकता भनेको पदीय बाँडफाँट सम्मानजनक हुनुपनि हो’–उनले भने–‘अब पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुने दुई दलबीच सहमति भइसकेको छ ।’

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता अपरिहार्य भन्दै उनले समाजवादी क्रान्ति पूरा गर्न एकता गर्न थालिएको जिकिर गरे ।

अब वाम सरकारको उद्देश्य समृद्धि र समाजवादको आधार तयार गर्नु रहेको उल्लेख गर्दै महराले एकताविरोधी कुरा कसैले गर्न नहुने बताए ।

दाङमा प्रदेश राजधानी हुने कुरामा विश्वस्त हुन आग्रह गर्दै उनले नेपालगन्जलाई आर्थिक क्षेत्र र बुटवल–भैरहवालाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गरेर अघि बढ्ने धारणा राखे ।