Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


प्रदेश–२ को राजधानी सर्लाहीमा बनाउन माग गर्दै र्‍याली


0
Shares

चर्तुभूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीदेखि हरिवनबजारसम्म विद्यार्थीहरुले र्‍याली निकालेका हुन् ।

र्‍यालीलगत्तैको कोणसभामा सर्लाही क्षेत्र नम्बर–३ को प्रदेशसभा ‘क’बाट नवनिर्वाचित सांसद डिल्लीप्रसाद उप्रेतीले प्रदेशका ८ जिल्लामध्ये बीचभागमा पर्ने तथा जिल्लामा प्रशस्त मात्रामा सार्वजनिक जग्गा पनि भएकाले राजधानी बनाउन उपयुक्त रहेको तर्क गरे ।

यस्तै, माओवादी केन्द्रका नेता कमल बुढाथोकीले ८ ओटै जिल्लाका नागरिकलाई पायक पर्ने भएकाले सर्लाहीमा नै प्रदेश राजधानी बनाउनुपर्नेमा जोड दिए ।