
बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले प्रधानमन्त्रीको एउटा राजीनामाले अहिलेको गतिरोध अन्त्य हुने भएकाले जनमतको सम्मान गर्दै राजीनामा दिन आग्रह गरे ।
सोही साक्षात्कारमा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपतिले अध्यादेश तत्काल स्वीकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने चेतावनी दिए ।
अहिले बहुमत ल्याएर नेकपा एमालेले अहंकार देखाएको भन्दै उनले कांग्रेसले एकल संक्रमणीय व्यवस्थाको वकालत गर्यो भनेर आरोप लगाउनु नै गलत भएको बताए ।
यस्तै, एमाले नेता पार्वत गुरुङले अहिलेको सरकारले सत्ता लम्ब्याएर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्