Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


एमालेको स्थायी कमिटी बैठक आज, पार्टी एकताबारे छलफल हुने


0
Shares

हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभामा निकै राम्रो परिणामसहित पहिलो दल बनेपछि बस्न लागेको यो पहिलो बैठक हो । बैठकमा वाम गठबन्धन निर्माणसँगै प्राप्त भएको उपलब्धि एवं माओवादी केन्द्रसँग गरिने भनिएको पार्टी एकताबारे पनि छलफल हुने बताइएको छ ।

ललितपुरको भैंसेपाटीमा बस्ने बैठकमा भावी सरकारको स्वरुपसहित प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्राप्त उपलब्धिबारे समीक्षा हुनेछ ।

नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँग एकता हुँदा पार्टी नेतृत्व एवं राष्ट्रियसभा गठनमा देखिएको विवादलगायत विषयमा पनि छलफल हुने जनाइएको छ ।