
नयाँ शहर आयोजना कार्यालय फिदिम पाँचथरले ठेक्कामार्फत बनाइरहेको बसपार्कको अहिलेसम्म ६० प्रतिशत काम सकिएको कार्यालय प्रमुख दिनेश पोडेले जानकारी दिए ।
१ करोड ८७ लाख ८६ हजार ५ सय २१ रुपैयाँमा बन्दै गरेको बसपार्क चार बर्षअघि नै उद्घाटन गरिएको थियो । अहिले बसपार्कको ढलान, यात्रुको लागि प्रतिक्षालय तथा बसपार्क आसपास कालोपत्रे गरिँदैछ ।
यसअघि पहिलो चरणमा नयाँ शहर आयोजना कार्यालयले शौचालय, सुरक्षाको निम्ति सुरक्षा पोष्ट निर्माण गरेको थियो । २०७३ पmागुन ३० गते सम्झौता गरिएको आयोजना २०७५ साल फागुन २९ सम्ममा सकाउनुपर्ने छ ।
कामको जिम्मा हिम्दुङ एण्ड थोकर, पाथिभरा र शुभकामना जे.भी तीन कम्पनीले पाएको छ ।
प्रतिक्रिया दिनुहोस्