Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


दाङमा प्रदेश–५ को राजधानी बन्ने सम्भावना धेरै छ : महरा


0
Shares

शुक्रबार दाङको घोराहीमा प्रेस सेन्टर र प्रेस चौतारी दाङले संयुक्तरुपमा आयोजना गरेको पत्रकार भेटघाटमा महराले सरकार गठन पहिले कि राष्ट्रियसभा गठन भन्नेमा केही विवाद रहेको बताए ।

यो विवाद पनि केही दिनमै समाधान हुने र नयाँ सरकार गठन हुने उनको भनाइ थियो ।

उनले ‘राष्ट्रियसभा नभइ सरकार बन्दैन’ भन्ने र त्यसमा एकलसंक्रमणीय वा बहुमतीय हुने भन्ने विषयमा केही समस्या उत्पन्न भएपनि त्यो समस्या केही समयमै हटेर जाने विश्वास व्यक्त गरे ।

त्यस्तै, प्रदेशका मुकाम तोक्ने विषयमा पनि प्रदेश नम्बर–४ बाहेक अरु सबै प्रदेशमा विवाद रहेको उनले बताए ।

उनले प्रदेश नम्बर–५ को राजधानी दाङमा बन्ने आधार बलियो भएको जिकिर गरे । सुरक्षा, विकासलगायतका आधारमा दाङ राजधानीका लागि बलियो भएको उनको दाबी छ ।

‘दाङ सुरक्षाका हिसाबले प्रदेश नम्बर–५ को राजधानी बन्ने आधारमा बलियो छ’–उनले भने–‘यहाँ राजधानी बन्ने सम्भावना धेरै छ, यो हाम्रो दाबी पनि हो ।’

माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरणको पहल द्रुतगतिमा अघि बढिरहेको बताए ।