Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


दाहालको खुलासा–‘ओली र मबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ’


0
Shares

शुक्रबार प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको दाबी गरे ।

‘सम्भवतः भोलि (शनिबार) एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउँछौं । ओली र मबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको हो’-उनले भने ।

अध्यक्ष दाहालले शनिबार नै काठमाडौं फर्किएर सरकार निर्माणको विषयमा निर्णय गरिने बताए ।

शुक्रबार बालुवाटारमा बसेको प्रमुख पाँच दलबीचको बैठकमा कुनै निश्कर्ष ननिस्किएको जानकारी दिँदै दाहालले अन्तिम टुंगोमा पुग्न सबै दल लचिलो बन्नुपर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै शीर्ष नेतालाई फोन गरेपछि पाँच दलको बैठक बस्नु संयोगमात्रै भएको भन्दै उनले बैठक बस्ने कुरा यसअघि नै तय भएको स्पस्ट पारे ।

अध्यक्ष दाहाल शनिबार बुटवलमा हुने एक कार्यक्रममा सहभागी हुन शुक्रबारै चितवन आइपुगेका हुन् ।