Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


कांग्रेस पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ: नेता सिंह


0
Shares

राजधानीको डिल्लीबजारमा मतदातालाई धन्यवाद दिनेक्रममा आज विहान सञ्चारकर्मीसँग कुरा नेता सिंहले पार्टी पराजयको जिम्मेवारी नेत्त्रत्वले लिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रचलनमा निवार्चनमा पराजय ब्यहोरो नेतृत्वले राजीनामा दिने प्रचलन भएको भनदै नेपाली कांग्रेसमा पनि नेतृत्वले राजीनामा दिनुपर्ने आफ्नो मान्यता रहेको सुनाए ।

‘राजीनामा दिने नदिने सभापति को कुरा हो । तर, अन्तर्राष्ट्रिय प्रचलन अनुसार चुनाव हारेपछि तत्कालै नैतिकताका आधारमा नेतृत्वबाट राजीनामा दिने प्रचलन छ । पार्टी सभापतिले पराजयको नैतिक जिम्मेवारी लिनु पर्छ, नेता सिहंले भने ।

अहिलेको निर्वाचनबाट कांग्रेसमा सुधार आवश्यक छ भन्ने जनमत आएको भन्दै आफूहरु विपक्षमा बसेर जिम्मेवार, र सकारात्मक विपक्षीको भुमिका निर्वाह गर्ने उनको भनाई छ ।

‘अब हामी विपक्षीमै बसेर पार्टीलाई जनताको लोकप्रिय एक नम्बर पार्टीं बनाउनतिर लाग्छौं ।

पार्टीभित्र संगठनात्मक सुधारदेखि विधि विधान अनुसार चलाउन आफुहरुको जोड रहने प्रसट पार्नु हुँदै आवश्यक परे नेतृत्व पनि परिवर्तन हुनसक्ने बताए ।

नेता सिंहले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश छिटो भन्दा छिटो पारित गर्न राष्ट्रपतिलाई आग्रह समेत गरे ।

दुई महिना पहिले नै सरकारले पेस गरेको अध्यादेस रोकेर राख्नु संविधान सम्वत नहुने भन्दै कांग्रेस विधि, प्रक्रियालाई पूरा गरेर सत्ता हस्तान्तरणको लागि तयार रहेकाले सरकारको नेतृत्व गर्ने जनमत पाएका दलहरुलार्इ अनावश्यक बखेडामा नअल्मलिन समेत आग्रह गरेका छन् ।