
नेकपा माओवादी केन्द्र रुपन्देहीले आज भैरहवामा गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष दाहालले नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच एकता गर्ने विषयमा कुनै समस्या नरहेको बताएका हुन् ।
उनले आफूहरु एकताप्रति इमान्दार रहेकाले एकता विरोधी गतिविधिमा नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । एकता विरोधीहरु प्रक्रियामा छुट्ने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रका केही मान्छे एकता विरोधी पनि हुनसक्ने भन्दै त्यस्ता तत्वले चलाएका प्रचार र हल्लाको पछि नलाग्न सुझाव दिए ।
पार्टी एकता गरेर मुलुकमा राजनीतिक स्थायित्व दिन सोच आफूहरुको भएकाले नेतृत्वलाई सहयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी देखिएको विवाद छिट्टै अन्त्य हुने दाबी गरे । उनले बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद पनि दलहरुबीचको छलफलबाटै टुंगिने बताए ।
प्रतिक्रिया दिनुहोस्