Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


ओलीलाई सरकारको नेतृत्व दिने विषयमा कुनै विवाद छैन : ज्ञवाली


0
Shares

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले एमाले र माओवादी केन्द्रबीच ओलीलाई सरकारको नेतृत्व दिने विषयमा कुनैपनि विवाद नरहेको जिकिर गरे ।

सचिव ज्ञवालीले अबको दुई दिनभित्र प्रतिनिधिसभाको समानुपनतिकतर्फको मतपरिणाम घोषण हुने र त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।

नयाँ सरकार गठनसँगै माओवादी केन्द्रसँगको एकता प्रक्रिया पनि अघि बढ्ने उनको भनाइ थियो ।

ज्ञवालीले ‘सरकार गठनको विषयलाई राष्ट्रियसभाको निर्वाचनसँग जोडेर भ्रम सिर्जना गर्न खोज्नुको औचित्य छैन’–भने ।

उनले अब गठन हुने नयाँ सरकारको सम्पूर्ण ध्यान अर्थिक समृद्धिमा केन्द्रित रहने पनि बताए ।