२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मितेरी पुल बनाउन सुरु


0
Shares

सिन्धुपाल्चोक, पुस ४ । मितेरी पुलको संरचना पुनर्निर्माण सुरु भएको छ । भूकम्प, बाढी, बर्खापिच्छे पहिरोले ध्वस्त मितेरी पुलको बेलिब्रिजको ‘ब्रिज’ निकालिसकेलगत्तै बीचको भाग फुटाउन थालिएको हो ।

भूकम्प र भोटेकोसी बाढीले क्षतिग्रस्त मितेरी पुलको तल्लो भाग जीर्ण भएपछि तत्कालै बेलिब्रिज राखिएको थियो ।

चिनियाँ सरकारी कम्पनी ‘तान् सुन रोड एन्ड ब्रिज कम्पनी’ ले पुलको संरचना हटाउने र पुलको तल्लो भागबाट डाइभर्सन बनाएर ट्रयाक खन्ने काम सुरु गरेको हो । 

चीनको सीमातर्फ सुरक्षार्थ बसेका प्रहरी अधिकारीका अनुसार तातोपानी नाका खुलाउन चीन पूर्ण तयारीमा लागेको छ । –कान्तिपुर दैनिकबाट