
राष्ट्रपति भण्डारीले तराई केन्द्रित दलहरुसँग परामर्श गर्दै छिन् । उनले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग अहिले केहीबेरमा परामर्श गर्दै छिन् ।
दुवै पार्टीका नेताहरुलाई राष्ट्रपति भण्डारीले शितल निवासमा बोलाएकी छिन् । राष्ट्रपति भण्डारीले यसअघि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँग परामर्श गरिसकेकी छिन् ।
उनले अध्यादेशमा राजनीतिक सहमति जुटाउन आह्वान गर्दै आएकी छिन् । तर, प्रमुख दलहरु आ–आफ्नै अडानमा रहेको भन्दै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेकी छैनन् ।
सरकारले दुई महिनाअघि राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको छ ।
एमालेले त्यसको विरोध गर्दै बहुमतीय प्रणाली हुनुपर्ने अडान लिइरहेको छ ।
नेपाली कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले जस्ताको तस्तै पास गर्नुपर्ने र अड्काएर राख्न नहुने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्