२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


भेनेजुएलाद्वारा ब्राजिलका राजदूत तथा क्यानेडेली कूटनीतिज्ञलाई देश निकाला


0
Shares

भेनेजुएलाका संविधानसभा अध्यक्ष डेल्सी रोड्रिगुएजले ब्राजिलका राजदुत रुएपेरइरार र क्यानडेली कुटनीतिज्ञ क्रेइग कोवालिकलाई देश निकाला गरेको घोषणा गरेका छन् ।

ब्राजिलले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले विपक्षीहरुमाथि अन्याय गरेको अभिव्यक्ति दिएको र क्यानडाले भेनेजुएलाका एक उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएका कारण यस्तो कदम चालेको हुनसक्ने बताइएको छ ।

ब्राजिलका तत्कालिन राष्ट्रपति डिल्मा रुसेफलाई सन् २०१६ मा पद मुक्त गरी सो स्थानमा माईकल टेमर आएपछि भेनेजुएलाले यसलाई दक्षिणपन्थीको जालसाजी भएको आरोप लगाएको थियो ।

त्यसयता दुई देशबीचको सम्बन्ध चिसिँदै आएको छ ।