Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


काठमाडौंमा बस दुर्घटना, १५ जना घाइते


0
Shares

काठमाडौं, असार १५ । काठमाडौंको लामबगरमा आज विहानै यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस विहान साँढे सातबजेतिर भएको दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते मध्ये केहीको ग्राण्डी र केहीको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट खोलामा खसेको हो ।