Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


‘डा.देवकोटाको स्वास्थ्य अवस्था गम्भीर’, स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन


0
Shares

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजाल र उनको श्रीमती सरला रिजालको अग्रसरतामा आइतबार दिउँसो पशुपति मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो ।

डा.रिजालले एसियाकै बरिष्ठ न्युरो चिकित्सक अस्वस्थ भएको खबरले चिन्तित बनाएकाले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको बताए ।

‘उनको स्वास्थ्य अवस्था गम्भीर छ भन्ने बुझिएको छ, के भएको भन्ने आधिकारिक जानकारी भने आइसकेको छैन, तर हामी उहाँलाई चाँडै पूर्ण स्वास्थ्यलाभ होस् भन्ने कामना गरौँ’ उनले भने ।

नेपालका उत्कृष्ट न्युरो सर्जनका रुपमा परिचित ६३ वर्षीय देवकोटालाई जटिल रोग लागेको र उनको बेलायतस्थित किग्ङस कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस