Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


मोरङको पुरानोे सदरमुकाम रंगेली बजार सुनसान


0
Shares

जिल्ला सदरमुकाम विराटनगरमा सरेसँगै पुरानो बजार रंगेली सुनसान बन्दै गएको हो । कुनै समय पूर्वकै व्यापारिक केन्द्रका रुपमा रहेको रंगेलीको आकार अहिले बढ्नुको सट्टा खुम्चिने क्रममा देखिन्छ ।

मोरङको रंगेली क्षेत्र पछिल्लो समयसम्म आई पुग्दा आर्थिक र सामाजिक रुपमा पनि पछि गर्दै आएको छ ।

त्यस क्षेत्रमा रहेका पुराना उद्योग धन्दा पुर्णरुपमा वन्द भई सकेका छन भने व्यापार व्यावसाय पनि ओरोलो लागेसगै धेरै व्यापारीहरु अन्यन्त्र स्थानमा स्तान्तरण भएका छन ।

विराटनगरबाट २२ किलोमिटर पूर्वमा पर्ने रंगेली विकासको दौड्मा पनि सधै पछि पर्दै आएको छ । रंगेली कुनै समय मोरङ, झापा र सुनसरी तीन जिल्लाको भुगोलसंग त्यसको सम्वन्ध जोडिएको थियो ।

एक सय तीन वर्ष अघि मोरङ जिल्ला भन्नाले मोरङ, सुनसरी र झापा रहेको थियो । सो समयमा तीन जिल्लाको सदमुकाम समेत रंगेली रहँदा रंगेली वजार त्यस वेला पुर्वकै व्यापारिक केन्द्रको रुपमा गुलजार थियो ।

तर जव सदरमुकाम विराटनगर सर्‍यो विस्तारै रंगेली गुमनाम हुन पर्‍यो ।

रंगेलीमा लामो समयदेखि वसोवास गर्दै आएका स्थानीय समाजसेवी सुरेश मिश्रले दक्षिणी भेगको शहर रंगेलीले इतिहासमा स्वर्णीम नाम वनाएको भएपनि सदरमुकाम विराटनगर सारेसगै रंगेली मणी हराएको सर्प जस्तै वनेको बताउँछन् ।

१९७१ सालमा रंगेलीबाट सदरमुकाम विराटनगर सारिएको थियो । रंगेली सदरमुकाम विराटनगर सरेपछि रंगेली सवै भौतिक पुर्वधारसँगै आर्थिक गतिविधि पनि शुन्यको अवस्थामा झरेको स्थानीयको वुझाई छ ।

रंगेलीवासी जिल्लाको सदरमुकाम सरेपछि रंगेलीको विकास प्रयासमा राज्यले समेत बेवास्ता गर्दै आएको वताउ‘छन् ।

जानकारहरुका अनुसार भारतको सीमाभन्दा चार किलोमिटर उत्तरको रंगेली सदरमुकाम गएको ७० वर्षपछिसम्म पनि मोरङको दोस्रो ठूलो बजार थियो ।

त्यसवेला भारतको फावेसगञ्जवाट पुर्वका स्थापना भएका साना ठुला उद्योगका लागि कच्चा पदार्थ रंगेलीको वाटो भएर आर्यात हुने गरेको थियो । त्यसवेला सवै सरकारी कार्यालय पनि रंगेलीका रहेका थिए ।

स्थानीयका अनुसार २०१७ सालतिर रंगेलीमा पाँच वटा ठूल्ठूला राइस मील रहेको र त्यहाँबाट नेपालका सबै ठाउँ र भारतमा चामल लगिने गरिएको थियो । तर अहिले जान्ने वुझनेका लागि त्यो अतीतको कुरा बन्न पुगेको छ ।

पूर्व–पश्चिम राजमार्ग बनेपछि हुलाकी राजमार्ग ओझेलमा परेर व्यापार हराउँदै गएको स्थानीय वताउ‘छन । आसपासका गाविसहरुका बजार पनि विस्तार हुँदै गएपछि त रंगेली पूरै सुनसान हुन थाल्यो ।

यहाँका व्यापारीहरु विराटनगर, वीरगञ्ज र काठमाडौंतिर गए, यहाँ लगानीकर्ताको अभाव हुन थालेको थियो ।

जापान सरकारको सहयोगमा १० वर्ष अघि विराटनगरवाट उर्लावारी जोड्ने दक्षिणी क्षेत्रको सडक निर्माण भए पश्चात भने रंगेलीवासीको आहातमा केही भएपनि राहात भने मिलेको छ ।

तत्कालीन समयमा दक्षिणी सीमावर्ती भारतको शहर जोगवनीसम्म रेल सेवा सञ्चानल भएको र भारतसंग व्यापार व्यवसाय गर्न सजिलो हुने मनसायले रंगेलीवाट विराटनगर त्त्कालिन समयमा सारिएको जानकारहरु बताउँछन् ।

रंगेलीबाट सदरमुकाम विराटनगर सार्न त्यसबेला कृष्णप्रसाद कोइराला, सुब्बा गुञ्जमान, डिट्ठा कृष्णराज, हनुमानदास श्रेष्ठ, सुब्बा कालीदास, सुवेदार अनन्तराम लगायतको मुख्य योगदान रहेको विभिन्न दस्तावेजमा उल्लेख छ ।

रंगेली अहिले नगरपालिका भई सकेको छ । वि.सं.१९२७ सालमा मोरङ जिल्लाको सदरमुकाम विजयपुरबाट सरेर रंगेलीमा ल्याइको इतिहास छ ।

त्यसैगरी रंगेलीलाई वि.सं. १९७२ सम्म सदरमुकाम कायम राखियो । सदरमुकाम विराटनगर गएसँगै आर्थिक र सामाजिक रुपमा पछि पर्द आएको रंगेली सधै विकासको मुलधारमा आउने पखाईमा रहेको छ ।