यसअघि, सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र देवरमाडौंमा तोकेपनि गाउँपालिकाका पदाधिकारीले निर्णय उल्ट्याएकाले स्थानीयवासी आन्दोलनमा उत्रिएको माओवादी केन्द्रका स्थानीय नेता तेज डुम्रेलले बताए ।
सर्वदलीय बैठकले सिफारिस गरेकै ठाउँ सबैलाई पायकपर्ने भन्दै गाउँपालिकाको निर्णय बदर गर्नुपर्ने माग राखी स्थानीयले सायल गाउँपालिकाको वडा नम्बर–६ मेल्लेकमा पर्ने ग्रामीण सडक शुक्रबारदेखि बन्द गरेका छन् ।
जिल्लास्तरीय सर्वदलीय बैठकले सायल गाँउपालिकाको केन्द्र वडा नम्बर–५ देवरमाडौं तोकेको थियो ।
तर, गाउँपालिकाले सर्वदलीय बैठकको निर्णय उल्ट्याउँदै पुस ७ गते केन्द्र वडा नम्बर–५ कै दुधुलेगडा भन्ने ठाउँमा राख्ने निर्णय गरेपछि देवरमाडौंका बासिन्दा आन्दोलित बनेका हुन् ।
गाउँपालिकाले गरेको निर्णय बदर नगर्दासम्म सडक बन्दलगायतका आन्दोलन जारी रहने र थप कडा आन्दोलन गर्ने आन्दोलन समितिका संयोजक पदमबहादुर खड्काले बताए ।
उता, गाउँपालिकाका अध्यक्ष तेज डुम्रेलले गाउँपालिकाको कार्यालय राख्ने विषयमा दुई पक्षबीच विवाद भइ सबैले आ–आफ्नो पायकपर्ने ठाउँमा कार्यालय राख्न दबाब दिइरहेकाले समस्या उत्पन्न भएको बताए ।
आफू जिल्लाबाहिर रहेकाले माग सम्बोधन गर्न नसकिएको भन्दै उनले बुधबार गाउँपालिकामा फर्केर छलफल गरी विवाद साम्य पार्ने बताए ।









प्रतिक्रिया दिनुहोस्