१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


पेरुमा अभियोग लागेका पूर्व राष्ट्रपतिलाई क्षमादान दिएपछी ब्यापक प्रदर्शन


0
Shares

राजधानी लिमामा भएको प्रदर्शनमा हजारौं सहभागी बनेका छन् । प्रदर्शन नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । यता पूर्व राष्ट्रपति फुजीमोरीका समर्थक अस्पतालमा भेला भई स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

२५ वर्ष शासन गर्दा फुजीमोरीले मानव अघिकार उल्लंघन र भ्रष्टाचार गरेको ठहर भएको थियो । २५ वर्षको जेल सजायँ काटिरहेका उनलाई अस्वस्थ भएपछि शनिवार अस्पताल भर्ना गरिएको थियो ।

राष्ट्रपति पाब्लोले गत हप्ता आफूमाथिको महाभियोग रोक्न फुजीमोरीलाई क्षमादान नदिने गरी आफ्नै पार्टीमा सहमति गरेका थिए ।

सत्ताको दुरुपयोग गरेको आरोपमा सन् २००७ मा ६ बर्षको जेल सजायँ पाएका ७९ बर्षीय फुजीमोरीलाई सन् २००९ मा फेरि मानवअधिकार हनन्को अभियोगमा २५ वर्षको जेल सजायँ तोकिएको थियो ।(एजेन्सी)