१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


म्याग्दीमा स्वास्थ्य शिविरबाट १ हजार ६ सयभन्दा बढीको स्वास्थ्य परीक्षण


0
Shares

संयुक्त लायन्स क्लब अफ म्याग्दी र लियो क्लब अफ म्याग्दीको आयोजनामा पश्चिम म्याग्दीको दरवाङमा सञ्चालित तीन दिने स्वास्थ्य शिविरमा १ हजार ६ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका हुन् ।

बृहत् स्वास्थ्य शिविरमा ८ सय ९८ जना र आँखा शिविरमा ७ सय २ जनाले सेवा लिएको लायन्स क्लब अफ म्याग्दी दरवाङकी अध्यक्ष याममती रोकाले जानकारी दिए ।

शिविरमा ४६ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

आँखा शिवरमा हिमालयन आँखा अस्पताल पोखराका डा. हरिमाया गुरुङलगायत ६ जना प्राविधिक र वृहत स्वास्थ्य शिविरमा डा. राजेन्द्र पौडेल, डा. तिलक गौतम र डा. कृष्ण कँडेललगायतका चिकित्सकले सेवा प्रदान गरेका थिए ।