
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गरेको सगरमाथा राजमार्ग अन्तर्गत गाईघाट-दिक्तेल सडकखण्डको स्टक्चरवाल निर्माण सँगै ह्युम पाईप राख्ने कामले तिब्ता पाएको हो ।
पूर्वी नेपालका तराई आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको मार्गका रुपमा गाईघाट–दिक्तेल सडकलाई लिइएको छ । यो सडक कालोपत्रे गर्न २०७२ सालमा नै अर्थ मन्त्रालयले २ अर्ब ६८ करोड बजेट विनियोजन गरिसकेको छ ।
३ सयदेखी ४ सय जना मान्छेहरुले दैनिक रुपमा काम गरिरहेको मौरे–राजापानी सिम्पानी सडक निर्माणका साईट ईन्चार्ज राजन थापाले बताए ।
कच्ची सडक निर्माण भएको लामो समय बित्दा समेत गाईघाट-दिक्तेल सडक स्तरोन्नतीको काम हुन सकेको थिएन ।
गाईघाट–दिक्तेल सडकखण्डको ५२ किलोमिटर खण्ड उदयपुरमा र बाँकी ४९ किलोमिटर खण्ड खोटाङमा पर्छ । सडक निर्माणले गति लिन थालेसँगै स्थानीयवासी हर्षित बनेका छन् ।
शिलान्यासको २१ वर्षपछि २०७३ सालमा गाईघाट–दिक्तेल सडक कालोपत्रेको काम थालिएको हो ।
खोटाङ र उदयपुरको सिमा सुनकोसीमा ठेक्का लागेको दुई वर्ष बित्दा समेत पुल नबनेका कारण गाईघाट–दिक्तेल सडक हिउँदमा मात्र सञ्चालन हुँदै आएको छ ।
यस्तैगरी म्याद सकिँदासम्म साप्सु खोलामा पक्की पुल बन्न सकेको छैन । जसले गर्दा बर्खायाममा यात्रुहरु वारपार गर्न नसक्ने अवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्