
रविन भट्टराई
बिर्तामोड, असार १५ । झापाको मेचीनगरमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन् ।
मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा सोही स्थानका प्रेम किशानदर्जी, उनकी पत्नी सुशीला दर्जीसहित उनीहरुका तीन र दुई वर्षीय छोरा, ज्वाई प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेको प्रहरीले बताएको छ ।
बिरामीपरेका सबैको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्