२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रदेशसभा समानुपातिकतर्फको सांसदको नाम टुंग्याउन कांग्रेसको केन्द्रीय सम्पादन समिति बैठक बस्दै


0
Shares

Deuba-poudel

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेशसभा समानुपातिकतर्फको सांसद चयन गर्ने छ ।

निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि केन्द्रीय समितिको बैठक बोलाएर समीक्षा गर्न माग गरिएका बेला केन्द्रीय समितिको बैठक नबोलाई कार्यसम्पादन समितिको मात्र बैठक बोलाइएको हो ।

नेतृत्वले लिएका नीतिगत र कार्यशैलीगत कमजोरीका कारण पार्टीले हार ब्यहोरेको भन्दै युवा पंक्तिबाट चर्को आलोचना भइरहेका बेला सभापति शेबहादुर देउवाले केन्द्रीय समितिको साटो पदाधिकारी र केही नेता सम्मिलित हुने कार्यसम्पादन समितिको बैठक आह्वान गरेका हुन् ।

बैठकले प्रदेशसभा सदस्यको नाम टुंगो लगाई निर्वाचन आयोगलाई बुझाउने छ ।