
आजको दिन गुरुङ् समुदायले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक भोज लगाएत सांस्कृतीक कार्यक्रम गरी ल्होसार मान्ने चलन छ ।
ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ राष्ट्रपति विद्यादेवि भण्डारीले तमु ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपाली गुरुङ् समूदायमा सुख,शान्ति र हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालमा विभिन्न जनजातीले मनाउने चाडपर्वले विश्वमै नेपालीहरुको पहिचान वनाउन सहयोग पुग्ने सन्देश व्यक्त गरेकी छिन् ।
उनले यसप्रकारको पर्वहरुले पहाड, तराई र मधेसमा सवै नेपालीवीच एक आपसमा एकता र वन्धुत्व गास्न सहयोग पुग्ने उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस्