Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


मेलम्ची खानेपानी अम्बाथान–ग्यालथुम सुरुङको ‘ब्रेक थ्रु’


0
Shares

सो खन्डको ८.३ किलोमिटर सुरुङको अन्तिम विन्दुमा निर्धारित् कार्यक्रमअनुसार शुक्रबार राति १२ बजे दुईओटा विस्फोट गराइ (ब्रेक थ्रु) सुरुङ छेड्ने काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए ।

सुरुङ छेड्ने काम सम्पन्न भएसँगै भित्तो ढलान गर्ने कामसमेत सँगसँगै भइरहेको पन्तले बताए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाअन्तर्गत् अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमि सुरुङमध्ये अब ग्यालथुमदेखि सिन्धु खन्डको ४५० मिटर सुरुङ निर्माण गर्न बाँकी रहेको छ ।

सो खन्डमा अझै करिब तीन महिना समय लाग्ने बताइएको छ । सिन्धु खन्डको सुरुङमा कमसल भू–भाग निस्किएकाले बढी समय लाग्ने भएपनि आगामी चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुहान रहेको हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमि सुरुङमध्ये सबैभन्दा लामो सिन्धुदेखि सुन्दरीजल खन्डको ९.५ किमि सुरुङ गत वर्ष नै सम्पन्न भइसकेको छ ।

एसियाली विकास बैंक (एडीबी) को ८० प्रतिशत सहयोग रहेको सो आयोजनाको सुरुङ निर्माणका लागि भ्याटबाहेक रु १० अर्ब ६५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । रासस