२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सत्ताको लोभ छैन, सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री


0
Shares

तमु ल्होसार पर्वका अवसरमा गुरुङ समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले जनमतलाई स्वीकार गर्ने बताए ।

उनले नयाँ जनादेशअनुसार सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको स्पस्ट पारे ।

प्रधानमन्त्री देउवाले केही राजनीतिक दलका नेताहरुले आफूलाई सत्तामुखीको आरोप लगाएकोमा दुःख व्यक्त गर्दै विधि र प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको जिकिर गरे ।