१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रियसभा निर्वाचनपछि नयाँ सरकार : उपप्रधानमन्त्री थापा


0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने बताएका हुन् ।

राष्ट्रियसभा निर्वाचनपछि नयाँ सरकार निर्माण हुने उनको भनाइ थियो ।

राप्रपाका अध्यक्षसमेत रहेका थापाले प्रदेशप्रमुख र प्रदेशका राजधानी पनि छिट्टै तोकिने जानकारी दिए ।

राजनीतिक सहमति जुटाएर सरकारले प्रदेशका राजधानी तोक्ने तयारी गरिरहेको उनले बताए ।