Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


तार जोड्दा करेन्ट लागेर मजदुरको मृत्यु


0
Shares

तार जोड्दै गर्दा माथि अर्काे तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला वित्थडचिर गाउँपालिका वडा नम्बर–८ का २२ वर्षीय जयराम अगस्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

लाइन बन्द नगरी मुख्य लाइन (हाइटेन्सन लाइन) को तार जोड्ने काम गर्दै गर्दा करेन्ट लागेपछि अगस्तीको घटनास्थलमै मृत्यु भएको र अहिलेसम्म पनि तारमा अड्किरहेको र शव झिक्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

गाउँमा शाखा लाइन जोड्न पोल गाड्ने र तार टाँङ्ने काम भइरहेको अवस्थामा एक टोली खम्बा गाड्ने काम गर्दै गर्दा अगस्ती तार जोड्न पोलमा चढेको र घटना भएको सुनेर उद्धारका लागि गाउँवासी सो स्थानमा पुग्दा उनको मृत्यु भइसकेको अर्का कामदार हरि तिमल्सिनाले जानकारी दिए ।

रातिको समय भएकाले शव पोलमा झुन्डिएको अवस्थामा निकाल्न नसकेका कारण सदरमुकाम ल्याउन सकिएको छैन । प्रहरी टोली घटनास्थलमा पुगेको छ । कामदारको लापर्बाही र सुरक्षा उपाय नअपनाई काम गरिएकाले घटना भएको प्रहरीको भनाइ छ । रासस

Skip This