२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्कुटर र मोटरसाइकल ठोक्किंदा पाँचजना घाइते


0
Shares

राति करिब ८ः१५ बजे बेलबारी नगरपालिका–३ लोहान्द्रा पुलस्थित पूर्व पश्चिम राजमार्गमा को१८प ९५७३ नम्बरको स्कुटर र बा२४प ४२४ नम्बरको मोटरसाइकल एक अर्कासँग ठोक्किएको थियो ।

दुर्घटनामा स्कुटरमा सवार रहेका मोरङ सुन्दर–हरैचा नगरपालिका–१० बस्ने बर्ष २७ को जेशन राई, उनका बुबा बर्ष ५३ का डिकबहादुर राई, आमा बर्ष ४९ की जुली राई तथा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका ११ बस्ने वर्ष २२ का रमेश रसाईली, पछाडी सवार वर्ष २४ का अर्जुन तामाङ घाइते भएका छन् ।

घाइतेहरुको नोबेल अस्पताल र न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यता, मोरङकै विराटनगर नगरपालिका–२ तिनपैनीमा राति १० बजेतिर को२४प ४११० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक विराटनगर–५ जामुनगाछी बस्ने वर्ष २७ का सुरज खत्री घाइते भएका छन् । खत्रीलाई उपचारकालागि कोशी अंचल अस्पताल विराटनगर लगिएको छ ।