
मृत्यु हुनेमा ब्यास नपा–१३ वेनीकोटकी २९ वर्षीया हरिमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ ब्यास नगरपालिका–४ स्थित पृथ्वीराजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएकी आलेको मेट्रोसिटी अस्पताल पोखरामा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
दमौलीस्थित नेशनल एपोलो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई पोखरा लगिएको थियो ।
बिहान हुस्सु लागेका बेला तीव्र गतिमा गुडेको वा९च ४४४३ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिई विपरीत दिशामा गइ पोखराबाट सुनौली जाँदै गरेको ना६ख ७२११ नम्बरको बसमा ठोक्ँिकदा चारजना घाइते भएका छन् ।
घाइते हुनेमा पैदलयात्री धादिङ जिल्लाका ३३ वर्षीय श्यामप्रसाद रेग्मी, व्यास नपा–१४ वेलवासका ९ वर्षीय गुरास आले तथा कार चालक काठमाडौं महानगरपालिका बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ छन् । उनीहरुको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
कार चालक श्रेष्ठ भने उपचार हुँदाहुँदै फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई भने नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्