Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


बारामा शीतलहरका कारण ५ दिन विद्यालय बन्द


0
Shares

जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले पाँचदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिए ।

शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले यही पुस १७ देखि २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । रासस