२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हरिवन बजारको दास इम्पोरियममा आगलागी, करिब ६५ लाख रुपैयाँको क्षति


0
Shares

विद्युत् सर्ट भएर आज बिहान आगलागी हुँदा करिब ६५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको इम्पोरियमका सञ्चालक सुरेश दासले जानकारी दिए ।

सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएका दमकल, सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका छन् ।

तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलहरुमा क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।