
विश्व कीर्तिमानी परिषद् नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको टुंडिखेलमा एकै दिन सबैभन्दा बढी मानिसले बुद्ध वाणी वाचन गरी गिनीज वल्र्ड रेकर्ड कायम गर्ने जानकारी गराएका हुन् ।
विश्व कीर्तिमानी परिषद् नेपालका अध्यक्ष दिपक बजगाईले कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए ।
कार्यक्रममा हेलिकोप्टरबाट दृष्य खिच्ने व्यवस्था मिलाइएको छ भने झण्डै एक हजार स्वंसेवक परिचालन गरिने जनाइएको छ । कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिने छ ।
प्रतिक्रिया दिनुहोस्