१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


महोत्तरीमा ‘चिसोले कठ्यांग्रिएर’ महिलाको मृत्यु


0
Shares

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए ।

निरन्तर चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घरनजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्कंदा कठ्यांग्रिएकी थिइन् ।

१५/१६ दिनदेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर र बाक्लो हुस्सुका कारण अत्यधिक जाडो भइ यहाँका मानिस, पशुपक्षी र बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित भएको छ । रासस