
यही पुस २१ गतेदेखि राजधानीको भृकुटीमन्डपमा आयोजना हुने मेलाले जलविद्युत्सम्बन्धी विस्तृत् जानकारी प्रदान गर्ने इभेन्ट सोलुसन्स्का प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
सर्वसाधारणलाई पहिलो चरणमा ‘टनेलिङ’सम्बन्धी ज्ञान प्रदान गरिने प्रधानको भनाइ छ ।
मेलामा जलविद्युत् उत्पादक, लगानीकर्ता, टर्बाइन उत्पादक, जेनेरेटर वितरण लाइन, टनेल निर्माणकर्तालगायतको २०० स्टल रहने आयोजकले जनाएको छ ।
मेलाको करिब १ लाख सर्वसाधारणले अवलोकन गर्ने आयोजकको विश्वास छ । मेला पुस २१ देखि २३ गतेसम्म आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्