१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘ढुलमुले नीतिका कारण पराजय’


0
Shares

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न बुधबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले पार्टीको ढुलमुले नीतिका कारण पराजय भोग्नुपरेको धारणा राखे ।

उनीहरुले पार्टीको आगामी रणनीतिबारे पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

बैठकको सुरुमा अध्यक्ष कमल थापाले अपेक्षाकृत परिणाम पाउन नसकेको स्वीकार्दै पार्टीलाई बलियो बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीभित्रका कमी–कमजोरी परिमार्जित गर्दै लैजाने पनि बताए ।

थापाले प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नम्बर–३ बाट विजयी पार्टी महामन्त्री राजेन्द्र लिङ्देनले संसदमा पार्टीका तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बैठकमा निर्वाचन समीक्षा, पार्टीको आगामी रणनीति र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।

बैठकमा सहरी विकासमन्त्रीबाट फिर्ता बोलाइएका नेता दिलनाथ गिरीको भने उपस्थिति रहेन ।

बैठक पुस २१ गतेसम्म चल्नेछ ।