Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


हृदयेश त्रिपाठीको राजनीतिक समूहले नेकपासँग मिल्न संवाद थाल्ने


0
Shares

काठमाडौं । गत निर्वाचनमा तत्कालिन नेकपा एमालेको चुनाव चिन्ह सूर्यलाई लिएर चुनाव लडेका हृदयेश त्रिपाठीले नेतृत्व गरेको स्वतन्त्र राजनीतिक समूहले नेपाल कम्युनिष्ट पार्टीमा मिल्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन नेपाल कम्युनिष्ट पार्टी नेतृत्वसँग संवाद थाल्ने भएको छ ।

चुनावको समयमा नैं तत्कालिन नेकपा एमालेमा मिल्ने चर्चाका बीच सूर्य चिन्हमा नैं चुनाव लडेका समूहका  नेताहरुको राजनितिक व्यवस्थापनमा ढिलाई भएपछि समूहले त्यसका लागि नेकपाको नेतृत्वसग संवाद थाल्ने भएको हो ।

समूहको शुक्रवार राजधानीमा भएको बैठकले नेकपाको नेतृत्वसग छलफल गर्ने जिम्मा नेता हृदयेश त्रिपाठीलाई दिएको छ ।

देशभरवाट प्रतिनिधि मुलक रुपमा नेताहरुको प्रतिनिधित्व रहेको भेलाले व्यक्तिगत रुपवाट नभई समुहगत रुपवाटैं नेकपासग मिल्ने बारेमा भैरहेको छलफललाई सार्थक परिणाममा लैजाने गरी अघि बढ्ने निर्णय गरेको बैठकमा सहभागी समूहका नेता ईश्वर दयाल मिश्रले जानकारी दिए ।

विगतमा राखिएका मागहरुलाई केन्द्रमा राख्दैं नेकपासगको भैरहेको छलफललाई छिटो परिणाममुखी बनाउन वैठकमा सहभागीहरुले जोड दिएको उनले बताए ।

तराई मधेश क्षेत्रमा तत्कालिन अवस्थामा एमालेरमाओवादीको उपस्थिति कमजोर जस्तो देखिदा समेत राजनितिक आधारलाई महत्व दिएर समुहका केही नेताहरुले सूर्य चिन्हमा चुनाव लड्ने दुरगारी निर्णय गर्दा समेत त्यसको मुल्याकंन नभएको गुनासो भेलाका सहभागिहरुले गरेको मिश्रले जनाए ।

एमाले र माओवादीलाई सिध्याउने मधेशमा लागेको मधेशी जनअधिकार फोरमलाई नैं नेकपाको नेतृत्वले दिएको महत्वप्रति पनि सहभागिहरुले असन्तुष्टि व्यक्त गरेको बताउदैं नेता मिश्रले जर्वजस्ती रुपमा नेकपाले मधेशमा त्यस्ता दललाई प्रोत्साहित गरिरहेकोमा समेत आफूहरुको गुनासो रहेको जनाए ।

यो राजनितिक समूह नेकपामा मिल्न सक्दा तराई मधेशमा समेत नेकपा बलियो हुनेमा दुई मत नरहेको दावी गर्दै उनले तर कसरी संयोजन हुने भन्ने सन्दर्भमा अव प्रक्रिया अघि बढाइने बताए ।

समूहवाट गत चुनावमा प्रतिनिधि सभामा ४ जनाले सूर्य चिन्ह लिएर लडेका थिए । जसमा नेता त्रिपाठी, वृजेशकुमार गुप्ता,पशुपति दयाल मिश्र र ईश्वर दयाल मिश्र रहेका थिए ।

जसमा त्रिपाठीले नवलपरासी र गुप्ताले कपिलवस्तुवाट चुनाव समेत जितेका थिए भने प्रदेश चुनावमा सूर्य चिन्ह वाट उठेर धर्म वहादुर लाल श्रीवास्तव र अजय शाही विजयी भएका थिए ।