
कामचलाउ बनिसकेको सरकारले मूल्य बढाउने, मनपरी ढंगबाट पैसा बाँड्ने र निर्वाचन आयोगले निर्वाचनको परिणाम सार्वजनिक नगरी गतिरोध बढाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् हुन् ।
बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा अनेरास्ववियुकी उपाध्यक्ष सुनीता पराजुलीले इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने र निर्वाचनको परिणाम तत्काल सार्वजनिक गर्नुपर्ने बताइन् ।
कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले नयाँ जनादेशअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने भन्दै आफूहरुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।
यस्तै, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पनि इन्धनको मूल्यवृद्धिबारे सरकारले स्पस्ट पार्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्