
पार्टी प्रवक्ता भुवन पाठककाअनुसार बैठकमा बोलेका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमामात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम् मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरे ।
बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न बाँकी रहेकाले शुक्रबार बिहान ९ बजेसम्म बैठक स्थगित गरिएको छ ।
पार्टी विभाजन तथा आन्तरिक कलहका कारणले पनि जनताले पार्टीप्रति विश्वास कम गरेको र विभिन्न शीरामा विभाजित राप्रपामा मत बाँडिएको, पछिल्लोपटक पार्टी सरकारमा सहभागी हुनुका कारण पनि पराजय भोग्नुपरेको समीक्षा गरिएको छ ।
सबै नेताले धारणा राखेपछि पार्टी अध्यक्ष कमल थापाले शुक्रबार जवाफ दिने कार्यक्रम तय गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्