२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कपिलवस्तुमा सख्खर बनाउन भ्याइ–नभ्याइ


0
Shares

किसानले उखु सख्खर उद्योगमा बिक्री गर्न थालेसँगै सख्खर बनाउन भ्याइ–नभ्याइ भएको हो । उखुले बजार नपाउने भएपछि उखु कृषकहरुले सख्खर उद्योगमा बिक्री गर्न थालेका हुन् ।

कच्चापदार्थको अभावमा महालक्ष्मी सुगर मिल सन्चालकले सर्लाहीमा स्थानान्तरण गरेपछि कृषकले सख्खर उद्योगलाई बिक्री गर्न लागेका हुन् ।

खासगरी जिल्लाको पश्चिमी क्षेत्रमा उखुखेती गरिन्छ । जिल्लामा चिनी मिल सन्चालनमा आउने आशामा उखुखेती गरेका किसानहरु यो वर्षदेखि वैकल्पिक उपाय अपनाउन बाध्य भएका हुन् ।

उखु खेतीबाटै वर्षेनि जीविकोपार्जन गर्दै आएका कृषकहरु मिल विस्थापित भएपछि समस्यामा परेको बताउँछन् । चिनी मिल स्थानान्तरण भएसँगै भेली उद्योगहरु भने फस्टाएका छन् ।

सुक्खाग्रस्त क्षेत्रका कारण जिल्लामा उखुखेती खासै राम्रो नभएको र भारतीय उखुमा भर पर्दापनि वर्षेनि घाटा व्यहोर्नुपरेकाले मिल स्थानान्तरण गर्नुपरेको महालक्ष्मी सुगर मिलका प्रबन्ध निर्देशक वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए ।