
नेपाल श्रमिक आपूर्तिकर्ता संघ नामको संस्थाको उदघाटन गरिएको हो । संस्थाको बिहीबार श्रममन्त्री फरमुल्लाह मन्सुरले उद्घाटन गरे ।
निजीस्तरको सुरक्षा तथा श्रमिक आपूर्ति क्षेत्रलाई थप व्यवस्थित एवं सुदृढ बनाउन संघ स्थापना गरिएको अध्यक्ष रामेश्वर साहले बताए ।
आपूर्तिकर्ता संघ स्थापनाको सरोकारवालाहरुले स्वागत गरेका छन् । उनीहरुले संघ स्थापना महत्वपूर्ण रहेको भन्दै कुनैपनिरुपमा श्रमिकलाई घाटा पुर्याउनसक्ने भन्दै सचेतसमेत गराएका छन् ।
हालै जारी भएको श्रम ऐन २०७४ ले पहिलोपटक श्रमिक आपूर्तिसम्बन्धी व्यवस्था गरेको छ । त्यसैको आधारमा यो संघ स्थापना गरिएको हो ।
निजी क्षेत्रका प्रतिनिधिहरुले श्रम नियमावलीको प्रस्तावित मस्यौदामा राखिएका कतिपय प्रावधान सच्चाउनुपर्ने माग पनि गरेका छन् ।
श्रमिक आपूर्तिकर्ताहरुको अस्तित्वलाई नै संकटमा पार्नेगरी नियमावली बनाउन लागिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्