
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तोलाको ५६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य तोलाको तोलाको ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने स्थीर रहेर तोलाको ७५० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय १८ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्