२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्वेन्टी–२० महिला क्रिकेट प्रतियोगिताको तयारी फितलो, घरमै तयारी गर्दै खेलाडी(भिडियो)


0
Shares

रविन भट्टराई/ईमेज

झापा । आगामी पुस २४ देखि थाइल्यान्डमा हुने ट्वेन्टी–२० महिला क्रिकेट प्रतियोगिताको तयारी फितलो देखिएको छ ।

समय कम भएकाले तयारी तीव्र गर्नुपर्ने भए पनि टोलीको बन्द प्रशिक्षणबारे टुंगो नलाग्दा प्रतियोगी खेलाडीहरु निराश देखिएका छन् ।

सम्बन्धित निकायले चासो नदेखाउँदा कतिपय भने आफ्नै किसिमले तयारीमा जुटेका छन् ।

पुस २४ देखि माघ ३ गतेसम्म थाइल्यान्डको बैंककमा ट्वान्टी–२० महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसक्यो तर यसमा सहभागिता जनाउने नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री झापा मेचिनगरस्थित घरमा छिन् ।

प्रतियोगिताको तयारीका लागि बन्द प्रशिक्षणबारे न त टुंगो लागेको छ न त त्यसको लागि आवश्यक पहलकदमी नै देखिन्छ ।

एकमहिनाभन्दा कम समय बाँकी रहेकाले उनले स्थानीय महिला क्रिकेटरलाई भेला पारी खेलको तयारी गरिरहेकी छन् ।

विश्वकपलाई केन्द्रित गरेर आयोजना गरिएको प्रतियोगिताको लागि नेपालले जसरी तयारी तीव्र पार्नुपर्ने हो त्यसको कुनै छनकसमेत देखिँदैन ।

टोलीकी कप्तान रहेकी क्षेत्रीले फेसबुकमार्फत् प्रतियोगिताबारे आफु र अन्य खेलाडीले थाहा पाएको बताउँछिन् ।

प्रतियोगिताको समय घर्किँदै जाँदा अझैसम्म खेलाडीलाई बन्द प्रशिक्षणमा नबोलाइनु दुखद रहेको उनको भनाइ छ ।

अहिले महिला खेलाडी कोहि आफ्नो एकेडेमीमा त कोही घरमै खेलको तयारी गरिरहेका छन् ।

क्यानले महिला खेलाडीलाई अरु समय पनि खाखै चासो दिने नगरेको उनीहरुको गुनासो छ  ।

प्रतियोगितामा आयोजक थाइल्यान्डका दुई टोलीसहित नेपाल, यूएई, नाबिमीया, मलेसिया, हङकङ, इन्डोनेसिया, भुुटान र म्यानमारले सहभागिता जनाउँनेछन् ।

खेलाडीलाई पोख्त नबनाई नतिजा मात्र खोज्ने प्रवृत्तिले हामीलाई दिनदिनै कमजोर बनाइरहेको छ ।

आउँदै गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि यस्तो बेवास्ता देखिनु आपैंmमा लाजमर्दो विषय हो ।