
शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकीकरणअघि नै कार्यकर्ता एमालेमा प्रवेश गर्ने त्रासका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी एकीकरण गर्न हतारो भएको टिप्पणी गरे ।
माओवादी र एमालेले वाम गठबन्धनको नाममा ‘दक्षिणपन्थी गठबन्धन’ गरेको उनको टिप्पणी थियो ।
प्रदेशको मुकाम तोक्ने विषयमा जनता–जनताबीच ै सरकारले लडाइँ गराएको आरोप पनि उनले लगाए ।
प्रतिक्रिया दिनुहोस्