१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पार्किङमा रहेको बसमा ‘अचानक’ लाग्यो आगो


0
Shares

ना५ख ७२०४ नम्बरको बसमा शनिबार दिँउसो आगोलागी भएको हो ।

रोडवेज एसी ट्राभलको बेनी–बाग्लुङ–पोखरा–काठमाडौं चल्ने सो बसमा आगो कसरी लाग्यो भन्नेबारेमा भने केही खुलिनसकेको प्रहरीले जनाएको छ ।

बसमा लागेको आगो दमकल र खानेपानी ट्यांकरको पानीको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

आगोलागीको समयमा बसभित्र कोहीपनि थिएन । आगोलागीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।