
म्याग्दी, असार १४ । बेनी–जोमसोम सडकअन्तर्गत् रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा बिहीबार अपराह्न कालीगन्डकी नदीमा जिप खस्दा दुईजना बेपत्ता भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–७, घराम्दीदेखि बेनी आउँदै गरेको लु२च २४५४ नम्बरको जिप तिप्ल्याङ खन्डको सडकबाट करिब ३० फिट तल कालीगन्डकीमा खसेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
अन्नपूर्ण–७ का वडाध्यक्ष गमबहादुर फगामीकाअनुसार उक्त जिपमा चालक बेनी नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय रवि खड्का र घराम्दीकी २० वर्षीया सविता नेपाली सवार थिए ।
कालीगन्डकीकाबीचमा अड्किएको जिप, चालक र यात्रीको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको प्रनाउ मगरले बताए । रासस
प्रतिक्रिया दिनुहोस्