Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


वाम एकतामा अनावश्यक हस्तक्षेप नगरियोस् : भट्टराई


0
Shares

शनिबार ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका हुन् ।

कुनैपनि शक्तिले वाम एकता भाँड्न नसक्ने दाबी गर्दै उनले चाँडै नै नेपाली कम्युनिस्ट शक्तिबीच एकता हुने बताए ।

उनले संविधानको गलत व्याख्या गरेर निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिकको मतपरिमाण सार्वजनिक नगरेको आरोप लगाए । उनले आयोगलाई विलम्ब नगरी मतपरिणाम सार्वजनिक गर्न आग्रह पनि गरे ।

उनले अब देश विकासमा लागि आर्थिक समृद्धिको अभियान सन्चालन गर्नुपर्नेमासमेत जोड दिए ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले पाँच वर्षमा ताप्लेजुङको विकासले कोल्टे फेर्ने बताए ।

‘पाँच वर्षमा ताप्लेजुङका सबै ठाउँमा मोटर बाटो पुग्छ’–उनले थपे–‘त्यहाँका जनताले अबको पाँच वर्षमा विकासको अनुभूति गर्न पाउनेछन् ।’

उनले ताप्लेजुङ जिल्लामा विकासका हजारौं सम्भावना रहेको औंल्याउँदै आफूले ती सम्भावनालाई वास्तविकतामा परिणत गर्नका लागि अभियानकारुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र टंक आङ्बुहाङले ताप्लेजुङको विकास निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राजनीतिकर्मी, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो । रासस