२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


राष्ट्रियसभा निर्वाचनका लागि दिइएको समय अनावश्यक : नेम्वाङ


0
Shares

सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ २४ का लागि घोषणा गरेकोमा नेम्वाङले असन्तुष्टि जनाएका हुन् । ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयक अन्र्तक्रियामा बोल्दै उनले सरकार गठन प्रक्रिया अवरुद्ध गर्ने नियतले राष्ट्रियसभा निर्वाचनका लागि अनावश्यक समय दिइएको टिप्पणी गरे । यति लामो समय अनावश्यक भएको उनको तर्क थियो ।

प्रदेश प्रमुख तोक्ने तर प्रदेश राजधानी नतोक्ने सरकारको चाल गैरजिम्मेवार र गैरसंवैधानिक समेत भएको नेम्वाङको भनाइ थियो ।