Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सुकुम्बासी बस्तीमा चिसोको पीडा, आगो ताप्न दाउरा खोज्न गए भोकै बस्नुपर्ने बाध्यता (भिडियो)


0
Shares

गाउँ–घर तथा बजारमा मानिसहरु जम्मा भएर आगो तापेर दिन कटाइरहेका छन् । जाडोले बिशेष गरी वृद्ध वृद्धा तथा बालबालिका मारमा परेका छन् ।

चिसोले वृद्धवृद्धा, बालबालिका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएका कारण कैलालीका विभिन्न स्थानका सुकुम्वासी बस्ती प्राभावित भएका छन् । चिसोका कारण बालबालिकालाई रातभरी आगो बालेर सुताउने र घरका अरु सबै जाग्राम बसेर रात कटाउने गरेको लम्की चुहा नगरपालिका वडा नम्बर ३, बल्चौरका खडक बादी बताउँछन् ।

चिसो बढ्दै गएपछि बजारमा मानिसहरुको आवत जवात समेत पातलिएको छ । बजार पनि चिसोका कारण ढिलो खुल्ने गरेको छ । चिसोका कारण सुकुम्वासी बस्तीमा बिरामीहरु बढ्दै गएको बताउँदै बल्चौकी रमा बादीले बृद्धबृद्धालाई र बाल बालिकालाई चिसोबाट जोगाउन मुस्किल भएको बताइन् ।

सुकुम्वासी बस्तीमा बसोबास गर्ने अधिकांश दिनभर काम गरेर साँझको छाक टार्ने भएपनि आजभोली चिसोबाट बच्नका लागि दाउरा खोज्न जाने गरेका कारण कहिलेकाहीँ भोकै बस्नु पर्ने बाध्यता रहेको ज्ञान भद्र बादीले बताए ।

कैलालीमा चिसो बढ्दै गएपछि प्रदेश नम्बर ७ मा रहेको एकमात्र विमानस्थल रहेको धनगढीमा हवाई सेवा पनि प्रभावित भएको छ ।

भिडियो हेर्नुहोस्