
अत्याधिक चिसोका कारण धाराको पानीसमेत जमेकाले पिउनेपानीको अभाव हुन थालेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
गंगापूर्ण ताल साथै स्थानीय खोलानालाको पानी बरफ बनेको छ । पिउनेपानीका मुहानहरु जमेका छन् । अरुभन्दा ठूलो भएकाले मर्स्याङ्दी नदी भने जमेको छैन ।
पानी जमेकाले धारामा पानी आउन छाडेको र पानी थाप्नका लागि पाइप तताउनुपर्ने अवस्था आएको स्थानीयले बताएका छन् ।
सदरमुकाम चामेमा दिउँसोको समय घाम लागेपनि चिसो भने अत्याधिक छ । चिसो बढेपछि स्थानीय घरबाट बाहिर निस्कन सकेका छैनन् । घरभित्रै आगो तापेर बस्ने गरका छन् ।
चिसो बढेपछि जिल्लाका अधिकांश व्यक्तिले गाउँ छाडेका छन् । जाडो छल्न धेरैजसो पोखरा, काठमाडौंलगायतका स्थानमा झरेका छन् ।
जाडोका कारण सेवाग्राही नआउँदा सरकारी कार्यालयहरु पनि सुनसान बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्