
सहिद घोषणाका लागि स्थानीय प्रशासनले सिफारिस गर्नेलगायतका सहमतिपछि सोमबार शवको पोस्टमार्टम् गरिएको थियो ।
पौडेलको सोमबारै शवयात्रासहित चितवनको देवघाटमा हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिएको हो ।
शवयात्रामा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।
शवयात्राअघि नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले शवमा पार्टीको झन्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
बुटवलको चौराहामा आयोजित शोकसभामा बोल्दै उपमहासचिव भुसालले भयरहित समाज निर्माणका लागि सरकारले अपराध घटाउने गरी कदम चाल्न जरुरी रहेको बताए ।
शुक्रबार बिहान पौने ११ बजेतिर देवदह, ढेकाबारको आफ्नै फर्निचर उद्योगमा बसिरहेका बेला पौडेलको गोली हानी हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्